देवघाटको १ अर्व २२ करोडको २० बर्ष गुरुयोजना पारित

किस्मत भण्डारी

चितवन माघ ४

प्रसिद्ध धार्मिक स्थल देवधाटको २० बर्षे गुरुयोजनालाई सस्कृति मन्त्रालयले पारीत गरेको छ । चितवन नवलपरासी र तनहुको संगम रहेको धार्मीक स्थल देबघाटलाई व्यवस्थीत गर्न रणनिति सहितको १ अर्व २२ करोड ४५ लाख १५ हजार रुपैयाको लागत रहेको गुरु योजना पास गरेको देवघाट क्षेत्र विकास समितिका सदस्य टंकनाथ पौडेलले जानकारी दिनुभयो ।

वि स २०६५ देखि २० बर्षमा देबघाटलाई नमुना धार्मिक स्थलका निर्माण तथा विकास निर्माणमा कार्य लगायतका योजना समावेस गरिएको छ । मन्त्रालयको स्वीकृत पत्र आज देवघाट क्षेत्र विकास समितिका अध्यक्ष तिलक सापकोटालाई हस्तान्तरण गरिएको अनुगमन तथा मुल्याङकन समितिका संयोजक टंकनाथ पौडेलले जानकारी दिनुभयो ।

गुरुयोजनामा देबघाट क्षेत्रमा व्यवस्थीत पानी गुफा पुल मन्दिर लगायतका कि्रयाकलाप गर्दा वा निर्माण गर्दा समितिको स्वीकृत लिनुपर्ने छ । समितिको आजको बैठकले मन्त्रालयको स्वीकृतलाई धन्याबाद दिदै गुरु योजना जसरी भएपनि लागु गर्ने निर्णय गरेका छ ।

Advertisements