चितवनमा अन्तरकलेज स्तरीय कि्रकेट आज देखी

माघ १० चितबन

चितवन जिल्लाकै इतिहासमा सर्वाधिक पुरस्कार राशी भएको अन्तर कलेज २०÷२० कि्रकेट प्रतियोगीता आज देखी भरतपुरमा शुरु हुदैछ । यही २० गते सम्म चल्ने प्रतियोगीतामा चितवन नवलपरासी रुपन्देही तनहुँ र मकवानपुरका गरि १५ टिमको सहभागीता रहेको छ ।

विएमसी स्पोर्टस क्लवको आयोजनामा विरेन्द्र वहुमुखी क्याम्पसको खेल मैदानमा विहान ११ वजेपछि शुरु हुने प्रतियोगीताको उद्घाटन खेलमा आज विरेन्द्र वहुमुखी क्पाम्पस भरतपुर र अर्किड कलेज भरतपुरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगीतामा विजेता टिमले ट्रफी सहित नगद ११ हजार ११ सय ११ तथा उपविजेता टिमले नगद ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई विभिन्न विधामा ट्रफी सहित नगद पुरस्कार व्यवस्था भएको प्रतियोगीतामा राष्ट्रिय स्तरका समेत खेलाडीको सहभागीता रहने पनि वताईएको छ ।

Advertisements