स्थानिय निकायका कार्मचारीहरुले आज पनि चितबनस्थित कार्यालयहरुको कामकाज ठप्प

माघ १० ।

आन्दोलनरत स्थानिय निकायका कार्मचारीहरुले आज पनि चितबनस्थित कार्यालयहरुको कामकाज ठप्प हुदा सर्बसाधरणको कामकाज प्रभाबित भएको छ । आन्दोलनका कारण नगारिकता र पासपोर्टकालगायत जन्म मृत्यु र विवाह दर्ता नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारीहरु आन्दोलित भएका कारण चितबनको ब्यस्त बजार नारायणगढ अझ बढि प्रभाबित बनेको छ ।

बन्दका कारण ४ दिनदेखि भएको बन्दले मुख्य चोकमा फोहोर संकलन तथा व्यवस्थापन हुन नसकेपछि नारायणगढ बजार दुर्गन्धित बन्न थालेको छ । विहीबारदेखि नारायणगढमा फोहोर संकलन तथा व्यवस्थापन हुन नसकेपछि शहरका मुख्य चोकहरुमा फोहोर थुपि्रसकेका छन् ।

५ वटा पेशागत सगठन आवद्ध सघर्ष समितिले पुस १२ गतेको सहमति कार्यान्वयन गरी अस्थायी कर्मचारीलाई स्थायी गर्नु पर्ने न्यूनतम सेवासुविधा दिनु पर्ने ट्रेड युनियन अधिकार पाउनु पर्ने लगायतको माग राखेको छ ।

Advertisements