सवै दलको हैसियत समान नभए सम्म नयाँ संबिधान जारी गर्नु हुदैनः पराजुली

चितवन

नेपालि काग्रेशका सचेतक शोभाकर पराजुलीले सवै दलको हैसियत समान नभए सम्म नयाँ संबिधान जारी गर्नु नहुने बताउनुभएको छ । रत्ननगर जेसिज पर्षा खैरेनी सौराह जेसिजको सहयोगमा पुर्वी चितवनको टाँडीमा आज आयोजित एक कार्यक्रममा बोल्दै पराजुलीले माओवादी हतियार मुक्त भएर अन्य दल सरह नभए सम्म नयाँ संबिधान जारी गर्नु नहुने बताउनु भयो ।

केही दलले अन्तरिम संबिधानलाई मिचेर अघि बढ्न खोज्दा नयाँ संबिधान समयमै नबन्ने खतरा बढ्दै गएको उहाँले बताउनुभयो । अन्तरिम संबिधानलाई आधार मानेर सवै दल जिम्मेवार रुपमा अघि नबढे सम्म नयाँ संबिधान निश्चित समयमा बन्न नसक्ने उहाँको तर्क थियो । ६ महिना भित्र सेना समायोजन प्रकृया सक्ने बिषयमा पनि माओवादीले चासो नदेखाएका कारण संबिाधान निर्माणमा उ प्रतिबद्ध नभए जस्तो देखिएको उहाँले बताउनुभयो ।

सवै दलको हैसियत समान नभए सम्म नयाँ संबिधान जारी गर्नु हुदैनः पराजुली चितवन  नेपालि काग्रेशका सचेतक शोभाकर पराजुलीले सवै दलको हैसियत समान नभए सम्म नयाँ संबिधान जारी गर्नु नहुने बताउनुभएको छ । रत्ननगर जेसिज पर्षा खैरेनी सौराह जेसिजको सहयोगमा पुर्वी चितवनको टाँडीमा आज आयोजित एक कार्यक्रममा बोल्दै पराजुलीले माओवादी हतियार मुक्त भएर अन्य दल सरह नभए सम्म नयाँ संबिधान जारी गर्नु नहुने बताउनु भयो । केही दलले अन्तरिम संबिधानलाई मिचेर अघि बढ्न खोज्दा नयाँ संबिधान समयमै नबन्ने खतरा बढ्दै गएको उहाँले बताउनुभयो । अन्तरिम संबिधानलाई आधार मानेर सवै दल जिम्मेवार रुपमा अघि नबढे सम्म नयाँ संबिधान निश्चित समयमा बन्न नसक्ने उहाँको तर्क थियो । ६ महिना भित्र सेना समायोजन प्रकृया सक्ने बिषयमा पनि माओवादीले चासो नदेखाएका कारण संबिाधान निर्माणमा उ प्रतिबद्ध नभए जस्तो देखिएको उहाँले बताउनुभयो ।

Advertisements