आगलागिवाट डेढलाख वरावरको क्षती

चितवन  २५ फागुन

चितवनको छुट्ट्छुट्टै ठाउँमा भएको आगलागिबाट डेढलाख बरावरको क्षती भएको छ । चितवनको भरतपुर १० स्थीत दुरसंचाररोडमा गएराती आगलागी हुँदा एक लाख वरावरको क्षती भएको छ ।स्थानीय किरण गौतमको घरमा विद्युत सर्ट भई आगलागि हुँदा घरायसी प्रयोजनका सामानहरु जलेर नष्ट भएको चितवन प्रहरप्ले जनाएको छ ।

आगलागी प्रहरी र स्थानीयवासीको पहलमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । मानवीय क्षती भने भएको छैन ।

यसैवीच गएराती पूर्वी चितवनको जूटपानी ५ खोलेसिमलमा रहेको जनएकता उपभोक्ता सहकारी संस्थाको सहकारी पनि पसलमा गएराती आगलागी भएको छ ।

बिद्युत शर्ट भएर लागेको आगोबाट पसलमा सामान्य क्षति पुगेको बताइएको छ । राती १२ बजे लागेको आगो स्थानीयबासीले तत्काल नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट सो पसलमा रहेका चाउचाउ तेल बिस्कुट गरी झण्डै ५० हजार रुपैंया बराबरको सामान जलेर नष्ट भएको संस्थाका व्यबस्थापक राजेन्द्र भट्टले जानकारी दिनुभयो ।  हिजोमात्रै सो संस्थाको नयाँ कार्यसमिति चयन भएको थियो ।

Advertisements