ट्रक र मोटरसाईकल ठोकिए, एकजना घाईते

पूर्वपश्चिम राजमार्ग अन्र्तगत पुर्बि चितवनको  कंकाली मा।वि ज्यामिरे अगाडी आज दिउसो १२ बजे ट्रक र मोटरसाईकल ठोकिदा एकजना घाईते भएका छन् ।

नारायणगढबाट हेटौडा तर्फ जादैं गरेको ना।३ ख २९९३ नम्बरको ट्रक र सोही दिशा तर्फ जादै गरेको ना।६ प ८८२ नम्बरको मोटरसाईकल ठोकिदा जयमंगला बस्ने आत्माराम लम्साल घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।घाईतेको  चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको  र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

Advertisements