पाँच गाबिसमा घरमा पालेका कुखुरा भकाभक मर्न थालेपछि बर्डफ्लु

नवलपरासीको देउराली ६

झ्यालबासलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषण गरी निसंक्रमण गर्ने कार्य नसकिदै जिल्लाका थप पाँच गाबिसमा घरमा पालेका कुखुरा भकाभक मर्न थालेपछि बर्डफ्लु निगरानी टोलीले मरेका कुखुराको नमुना परिक्षणका लागि पठाएको छ ।

झ्यालबासमा चैत ३ गते देखि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषण गरी कुखुरा हाँस नष्ट गर्ने कार्य गरिए पनि सो कार्य नसकिदै थप पाँच गाबिसमा कुखुराहरु मर्न थालेका हुन् ।

बर्डफ्लु निगरानी टोलीले पाँच गाबिसका सात बडाहरुका १७ घरबाट बर्डफ्लु नमुना परिक्षणका लागि १५ बटा हाँस कुखुरा पठाईएको बर्डफ्लु रोग नियन्त्रण कक्ष देउरालीका संचार अधिकृत शिबनाथ महतोले जानकारी दिनुभयो । परिक्षणमा पठाईएको कुखुरामा एचफाईभ एन वान बर्डफ्लु संक्रमण दखिएको महतोले बताउन भयो ।

नवलपरासीको देउराली ६ झ्यालबासलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषण गरी निसंक्रमण गर्ने कार्य नसकिदै जिल्लाका थप पाँच गाबिसमा घरमा पालेका कुखुरा भकाभक मर्न थालेपछि बर्डफ्लु निगरानी टोलीले मरेका कुखुराको नमुना परिक्षणका लागि पठाएको छ । झ्यालबासमा चैत ३ गते देखि बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषण गरी कुखुरा हाँस नष्ट गर्ने कार्य गरिए पनि सो कार्य नसकिदै थप पाँच गाबिसमा कुखुराहरु मर्न थालेका हुन् । बर्डफ्लु निगरानी टोलीले पाँच गाबिसका सात बडाहरुका १७ घरबाट बर्डफ्लु नमुना परिक्षणका लागि १५ बटा हाँस कुखुरा पठाईएको बर्डफ्लु रोग नियन्त्रण कक्ष देउरालीका संचार अधिकृत शिबनाथ महतोले जानकारी दिनुभयो । परिक्षणमा पठाईएको कुखुरामा एचफाईभ एन वान बर्डफ्लु संक्रमण दखिएको महतोले बताउन भयो ।

Advertisements