तरुण दल देवघाटको नयाँ समिति चयन

चितवन असार ३१
तरुण दल देवघाट गाविस तनहुको भेलाले आज निर्मल रानाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा उतम
बहादुर थापा र हरि प्रसाद न्यौपाने   सचिवमा सन्तोष मिश्र  सह सचिवमा विकास पाण्डे र कोषाध्यक्षमा दधिराम सापकोटा रहनुभएको छ ।
दलका पुर्व गाविस अध्यक्ष विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका सदस्य  टंकनाथ पौडेल समितिका निर्वतमान कार्यकारी निर्देशक चन्द्रदेव तिवारी नेपाली कंाग्रेस देवघाटका सभापति चक्रपाडि पौडेल  समितिका सदस्य सरदचन्द्र पोखरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा देवघाट लगायत कविलास चितवनका डेढ सय भन्दा बढि तरुणको सहभागिता रहेको थियो ।

Advertisements