आत्महत्या प्रयास प्रहरीद्धारा विफल

किस्मत भण्डारी चितवन साउन ६
देवघाटको झोलुङ पुलबाट आत्महत्याको प्रयास गर्ने एक युवतीलाई आज विहान ईलाका प्रहरी कार्यालय देवघाटले उद्धार गरेको छ । देवघाटको पुलबाट हाम फाल्ने प्रयास गरेकी चितवन गितानगरकी २३ बर्षिया पुजा अर्याललाई ईलाका प्रहरी कार्यालय देवघाटले उद्धार गरेको इन्चार्ज हरी पौडेलले जानकारी दिनुभयो ।
घरायसी कारण आत्महत्याको प्रयास गरेको इन्चार्ज पौडले बताउनुभयो । उनलाई अहिले दिदि गगाँ अधिकारीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पुजाको अवस्था सामान्य रहेको छ ।
Advertisements