डंेगु रोग नियन्त्तणमा अभियान

किस्मत भण्डारी चितवन चैत २६ गते

मिलेनियम मोडल कलेज तथा इर्डन गार्डेन उच्च मावि भरतपुरको भरतपुरको आयोजना र चितवनका विभिन्न संघ सस्थाको सहभागितामा आज भरतपुरका डंगु सम्वन्धी जनचेतनामुलक रयाली निकालीएको छ । कलेजको पसिसर बालमन्दिरबाट सुरु भएको रयाली ले भरतपरका विभिन्न क्षेत्र हदै नारायणगढको शहिद चोकमा पुगेर समापन गरिएको थियो ।


र्याली कलेज परिसरबाट विद्युत प्राधिकरण चोक  हाकिम चोक चौविस कोठी क्याम्पस चोक लायन्स चोक हुदै शहिद चोक पुगेर सभापन गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्थ कार्यालय चितवनका प्रमुख महेन्द्र प्रसाद श्रेष्ठले जिल्लामा महामारीको रुपमा फैलीएको डंेगु रोग नियन्त्रणका लागि विद्यार्थी चालेको प्रयासको सहाना गदै यसलाई जिल्ला व्यापी बनाउदै लैजानुपर्ने बताउनुभएको थियो ।

त्यस्तै उहाँले डंेगु रोग नियन्त्रण गर्न तर्फ समयमानै सचेत हुन सवै पक्षलाई अनुरोध गर्न भएको थियो । कार्यक्रममा भरतपुर मेडिकल कलेजका अशोज चापागाई जिल्ला जनस्व्ााथ्य कार्यलयका रेक्टार राम कार्की जिल्ल्ाा विकास समितिका सुचना अधिकृत बलराम लुईटेल  कलेजका अध्यक्ष प्रेमहरी सुवेदी प्राचार्य ईश्वर पण्डित शैक्षिक कार्यक्रम प्रमुख युगराज वस्ती लगायतलले बोल्नभएको थियो । कलेजका शैक्षिक कार्यक्रम प्रमुख युगराज वस्तीले चरणबद्ध रुपमा अगाडी बढाउदै बृहत कार्यक्रम गरिने जानकारी दिनुभएको छ ।


कार्यक्रममा भरतपुर मेडिकल कलेज  रोटरी क्लव अफ नारायणी मिट टाउन युवा अभियान चितवन नेस्नल आखा अस्पताल ब्रह्मकुमारी राजयोज सेवा केन्द्र भरतपर लगायत विभिन्न सस्थाहरुको सहभागि रहेका थिए ।

Advertisements
By न्युज चितवन Posted in NEPALI SMS