happy dashain…

बि = विश्वभरी शान्ती छाओस ।
ज = जहाँ गए पनि नेपालीको शिर ऊच्च रहोस ।
या = यादगार बनोस २०६७ सालको बडा दशै ।
द = दुनियाँ आस्चर्यचकित हुने गरी प्रगती होस ।
श = सधैंभरी उत्साह र उमङ्ग मा जीवन बिताउन पाइयोस ।
…मी = मित्रता र भाइचाराको बन्धनले सम्पूर्ण नेपालीलाई बाधोस ।
” बिजय दशमी २०६७ को पावन अवसरमा सुख, शान्ती, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।।
दर्शन नमस्कर अनि सुभ प्रभात+सुभ दिनको कामना व्याक्त गर्दछु । जय दुर्गा माता !!

आत्महत्या प्रयास प्रहरीद्धारा विफल

किस्मत भण्डारी चितवन साउन ६
देवघाटको झोलुङ पुलबाट आत्महत्याको प्रयास गर्ने एक युवतीलाई आज विहान ईलाका प्रहरी कार्यालय देवघाटले उद्धार गरेको छ । देवघाटको पुलबाट हाम फाल्ने प्रयास गरेकी चितवन गितानगरकी २३ बर्षिया पुजा अर्याललाई ईलाका प्रहरी कार्यालय देवघाटले उद्धार गरेको इन्चार्ज हरी पौडेलले जानकारी दिनुभयो ।
घरायसी कारण आत्महत्याको प्रयास गरेको इन्चार्ज पौडले बताउनुभयो । उनलाई अहिले दिदि गगाँ अधिकारीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । पुजाको अवस्था सामान्य रहेको छ ।

तरुण दल देवघाटको नयाँ समिति चयन

चितवन असार ३१
तरुण दल देवघाट गाविस तनहुको भेलाले आज निर्मल रानाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा उतम
बहादुर थापा र हरि प्रसाद न्यौपाने   सचिवमा सन्तोष मिश्र  सह सचिवमा विकास पाण्डे र कोषाध्यक्षमा दधिराम सापकोटा रहनुभएको छ ।
दलका पुर्व गाविस अध्यक्ष विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका सदस्य  टंकनाथ पौडेल समितिका निर्वतमान कार्यकारी निर्देशक चन्द्रदेव तिवारी नेपाली कंाग्रेस देवघाटका सभापति चक्रपाडि पौडेल  समितिका सदस्य सरदचन्द्र पोखरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा देवघाट लगायत कविलास चितवनका डेढ सय भन्दा बढि तरुणको सहभागिता रहेको थियो ।